सानिमा जिआईजी इन्स्योरेन्स कम्पनीले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्न लागेको हो ।  कम्पनीले यो तालिम आगामी फागुन ३० गतेदेखि चैत २ गतेसम्म सञ्चालन गर्न लागेको हो । यो तालिम लिने इच्छुक सहभागीको न्यूनतम शैक्षिक योग्यता एलएलसी पास वा सो सरह उत्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

तालिममा बीमा अभिकर्ता भई काम गर्ने उदेश्य भएका व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक सहभागीहरुले कम्पनीको केन्द्रीस्य कार्यालय,प्रदेश कार्यालय वा शाखा कार्यालयहरुमा आगामी फागुन २७ गतेसम्म आवेदन दिनुपर्नेछ ।

तालिममा सहभागीहरुले शैक्षिक योग्यताको प्रमाणपत्र,पासपोर्ट साइजको ४ प्रति फोटो र स्थायी लेखा नम्बर तथा मोबाइल नम्बर उल्लेख गरेको फारमसहितको कागजात पेश गर्नुपर्नेछ । अभिकर्ताको परीक्षा चैत ४ गते सञ्चालन हुने कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया