कुमारी क्यापिटल लिमिटेडले ‘कुमारी सबल योजना’ को इकाई बुधबार बाँडफाँट गरेको छ । यसमा आवेदन दिएका कुल २९ हजार १६० जनामध्ये रितपूर्वक आवेदन दिएका २९ हजार १३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँट गरिएको योजना व्यवस्थापक कुमारी क्यापिटलले जानकारी गराएको छ । दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन भने रद्द गरिएको थियो ।
क्यापिटलले माघ २८ गतेदेखि फागुन १३ गतेसम्म प्रतिइकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्कासन गरेको थियो । जसमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई र १% अर्थात १० लाख इकाई योजना व्यावस्थापक कुमारी क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।

तपाईको प्रतिक्रिया