हुलास आईरन इन्डस्ट्रिज लिमिटेडको सन् २०२३ मा ३ अर्ब १२ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार रहेको छ ।
यो सन् २०२२ को तुलनामा २।७३ प्रतिशतले धेरै हो । सन् २०२२ मा कम्पनीले ३ अर्ब ४ करोड ३० लाख र सन् २०२१ मा १४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जनाएको छ ।
हुलासले ५ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । यसले लङ ट्रम १ अर्ब २१ करोड २५ लाखका लागि ‘आइआरएनबीबी’ र सर्ट ट्रम ४ अर्ब ३७ करोड कर्जाका लागि ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । हुलास आईरन इन्डस्ट्रिजले वीरगन्जमा उत्पादन कारखाना सञ्चालन गर्दछ ।
यसले विभिन्न पाइप र पाना उत्पादन गर्छ । कम्पनीको कुल स्थापित क्षमता प्रति वर्ष १ लाख ५ हजार ७६५ मेट्रिक टन छ । हिल्स हुलास समूहको एक उत्पादन हो । यस कम्पनीको नगद संकलनमा सुधार आएको जनाइएको छ । उत्पादनको मागमा सुधार र विश्वव्यापी प्रमुख कच्चा मालको मूल्यमा गिरावट आउदा व्यापार बढेको हो ।

 

तपाईको प्रतिक्रिया