फागुन १९ गते बसेको पिपुल्स पावर लिमिटेडको बैठकले १ः०।५ अनुपातमा हकप्रद सेयर जारी गर्नका कम्पनीलाई अनुमति दिएको हो । आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।
कम्पनीले हाल सञ्चालनमा रहेको ४।९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजनाको नियमित मर्मतसंभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न र नयाँ आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएको छ । हाल यसको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । हकप्रद पश्चात यसको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया