शिवम् सिमेन्ट्स कम्पनीले पुस १८ गतेसम्म बोनस सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा जम्मा गरिदिएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । शिवम् को पुस २७ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।