पाल्पा सिमेन्ट इन्डस्ट्रिज् लिमिटेडले गत सन् २०२३ को जुलाईदेखि सन् २०२३ को डिसेम्बरसम्म १ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४८ प्रतिशत धेरै रहेको रेटिङ एजेन्सी ‘इक्रा नेपाल लिमिटेड’ले जनाएको छ । सिमेन्टको निर्यात बढेसँगै व्यापारमा सुधार आएको हो ।

कम्पनी सन् २०२३ मा ४ अर्ब १२ करोड ९० लाख, सन् २०२२ मा ३ अर्ब ८१ करोड ८० लाख, सन् २०२१ मा ४ अर्ब ४४ करोड र सन् २०२० मा ३ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसले ७ अर्ब २७ करोड ४० लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले लङ ट्रम ५ अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जाका लागि ‘इक्राएनपी एलबीबी’ र सर्ट ट्रम १ अर्ब ६८ करोड कर्जाका लागि ‘इक्रा इनपी ए४’ रेटिङ पुनः पुष्टि गरेको छ ।

सन् २००९ मा स्थापित पाल्पा सिमेन्ट उद्योग लिमिटेड ग्रीनफिल्ड सिमेन्ट उत्पादन गर्ने इकाई हो । जसले २०१९ अप्रिलदेखि क्लिंकर र जनवरी २०२० बाट सिमेन्टको व्यावसायिक उत्पादन सुरु गरेको थियो । कम्पनीको प्लान्ट नवलपरासी जिल्लाको सुनुवाल गाविसमा अवस्थित छ । यसको क्लिंकर उत्पादन क्षमता वार्षिक ५ लाख ९० हजार मेट्रिक टन र सिमेन्ट ७ लाख ३० हजार उत्पादन क्षमता छ । इन्डस्ट्रिजले तानसेन सिमेन्ट उत्पादन गर्छ । यसले २०७९ असाारदेखि भारतमा सिमेन्ट निर्यात गर्न सुरु गरेको थियो ।

 

तपाईको प्रतिक्रिया