कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको भोलि बुधबार फागुन २४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, पोखरा महानगरपालिका–१०, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभाले संस्थापक सेयरधनीको तर्फबाट १ जना महिला सञ्चालकको निर्वाचन गर्नेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते बुक क्लोज गरिसकेको छ । फागुन १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।