मर्जरमा गएका सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार भोलिदेखि रोक्का हुने भएको छ ।

दुई लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई फागुन १४ गते देखि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम ती कम्पनीको शेयर कारोबार फागुन २४ गते देखि लागू हुने गरी रोक्का राखिएको हो । अब १५ दिनसम्म ती कम्पनीको सेयर कारोबार हुनेछैन । बिपिडब्लुको १०० कित्ता बराबर सामुदायिक लघुवित्तको ८५.३५ कित्ता कायम हुनेगरी मर्जरको स्वाप रेसियो कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया