सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले दिलिप कुमार पोखरेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

सामुदायिक लघुवित्त र बिपिडब्लू लघुवित्त एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई गत फागुन २४ गतेदेखि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको थियो ।

यसका साथै सोहि बैठकले नन्दकुमार महर्जनलाई संस्थाको अध्यक्ष,राजेश्वर अधिकारी,भूपेन्द्र गोपाल श्रेष्ठ र पप्पुराम श्रेष्ठ संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक,नविन शर्मा र निर्मला नेपाललाई सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त गरेको छ ।

यसका साथै संस्थाको स्वतन्त्र सञ्चालकमा तिर्थरत्न कोनाजो नियुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया