महालक्ष्मी विकास बैंकले आलय प्रालि र रायन इनर्जी प्रालिसँगको सहकार्यमा महिला उद्यमीहरूको वित्तीय तथा स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ। योजनाअन्तर्गत बैंकले बनेपा, धुलिखेल र काभ्रेपलाञ्चोकमा रहेका महिला लघु उद्यमीहरूलाई विद्युतीय सवारीसाधन खरिदका लागि वित्तीय सहयोग प्रदान गर्नेछ । साथै आधिकारिक विक्रेता तथा निर्माताको रूपमा रहेको रायन इनर्जी प्रालिले सुरक्षित तथा वातावरणीयअनुकूल विद्युतीय सवारीसाधनहरू आपूर्ति गर्नेछ । सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टीसमेत रायन इनर्जीले प्रदान गर्नेछ।
यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवर्द्धन, वित्तीय विशेषज्ञता तथा नवीनतम प्रविधिको विकास तथा लैंगिक समानता हासिल गर्न एक गतिशील साझेदारीको रूपमा रहने बैंकले जनाएको छ ।
साथै यो सम्झौताले महिलालाई आर्थिक रूपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीयमैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ ।

Online Arthik










