आइतबार नेप्सेमा सूचीकृत भएको यस कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो । सेयर खातामा जम्मा भएलगतै यसको सेयर भाउमा भने १० प्रतिशतको नेगेटिभ सर्किट लागेको छ ।
बुधबार यसको बजार भाउ २०.४० रुपैयाँले घटेर प्रतिकित्ता १८३.६० पैसा कायम भएको छ । सेयर सप्लाई बढ्दा भाउ घटेको अनुमान गरिएको छ । यस कम्पनीले सर्वसाधारण सेयरधनीलाई गत भदौ १८ देखि असोज २२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।