सान्जेन जलविद्युत कम्पनी लिमिटेडको सभा, कुण्डलिनी दरवार ब्यांकेट, चण्डोल, काठमाडौंमा चैत ५ गते विहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन । सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गरिसकेको छ । फागुन १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।