महालक्ष्मी विकास बैंक आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइट मार्फत नयाँ साल २०८१ सालको क्यालेण्डर प्रकाशन गरेको हो।
स्थानीय साना तथा मझौला व्यापार झल्किने तस्विर मार्फत सकारात्मक सन्देश दिने उद्देश्य यो वर्षको क्यालेण्डरमा रहेको बैंकले जनाएको छ ।
विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागीमध्येका उत्कृष्ट १२ तस्विर क्यालेण्डरमा समावेश गरिएको छ।
क्यालेण्डरको डिजिटल कपी बैंकको आधिकारिक वेबसाइट मार्फत डाउनलो गर्न सकिने बैंकले जनाएको छ।

Online Arthik










