रु रु जलविद्युत परियोजनाको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि २०८१ वैशाख ३ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले २०७८ वैशाख ३ गते सेयर बाँडफाँट गरेको थियो ।

उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक सेयर, ४ लाख ८९ हजार २४५ कित्ता स्थानीयको सेयर र ९ हजार ८५८ कित्ता कर्मचारीको सेयर लक इन रहेको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

 

तपाईको प्रतिक्रिया