प्रतिनिधिसभा सदस्य माननीय मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।

उहाँको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।

२०२० साल माघ १९ गते जन्मनुभएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य हुनुभएको थियो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उहाँ सांसद हुनुभएको थियो ।

सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गर्नुभएको छ ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गर्नुभएकी उहाँ सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज हुनुभएको थियो । उहाँ हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया