नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ ।

यहि चैत ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

केबलकार सेवाबन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ  ।

केबलकारको  नियमित सेवा चैत ८ गते बिहिबार देखि पुनःसञ्चालनमा आउने छ ।

तपाईको प्रतिक्रिया