लक्ष्मी सनराइज बैंकले एक सूचना जारी गर्दै विगत १० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु हालसम्म पनि कारोबार नभएका खातामा कारोबार सूचारु गर्न आग्रह गरेको हो ।

बैंकले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७८ को इ.प्रा निर्देशन न १६ को बुँदा न(३)मा भएको व्यवस्था अनुसार बैंकमा खोलिएका खाता १५ दिनभित्र सुचारु गर्न खातावालाहरु आग्रह गरेको छ । उक्त खाताहरुको विवरण बैंकको आधिकारीक वेभसाइटमा राखिएको बैंकले उल्लेख गरेको छ ।

तोकिएको मितिभित्र खाताहरु सक्रिय नभएमा सो खाताहरु बन्द गरिने बैंकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया