पिपुल्स हाईड्रोपावर कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ३० गते शुक्रबारका दिन काठमाण्डौ बुद्धनगरमा रहेको क्वालिटी बैंक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा २ः१ अनुपातमा हकप्रद जारी गर्ने,अधिकृत र जारी पूाजी वृद्धि गर्ने र नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन भएमा सोहि बमोपजम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित ग रिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आ।व २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
यसैगरी सस्थापक से यरधनी तर्फका ५ जना संचालकको निर्वाचन गनेप्रस्ताव पनि पारित गरिनेछ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Online Arthik










