हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सभा चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

 

सभामा आर्थिक वर्ष २०७८-०७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ ।

यता, सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

 

तपाईको प्रतिक्रिया