अपर हेवाखोला हाईड्रोपावर कम्पनीको गत फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गतेका लागि डाकेको साधारण सभा स्थगित भएको हो । कम्पनीले उक्त १२ औं साधारण सभा विशेष कारणले हुन नसक्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ । स्थगित साधारण सभा यसै आर्थिक वर्षभित्र बस्ने गरी पुनःबोलाउने कम्पनीले जनाएको छ । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया