इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ६४ हजार ७३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत १४ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
यस संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले जनाएको छ ।