डाबर नेपाल प्रालिले सन् २०२२ मा १३ अर्ब १ करोड र सन् २०२१ मा सन् १० अर्ब ६९ करोड रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ । यो पाली भने डाबर नेपाल प्रालिको व्यापारमा वृद्धि भएको छ । यो सन् २०२२ को भन्दा ४।५८ प्रतिशत धेरै हो ।
डाबर नेपाल प्रालिले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँ व्यापार गरेको छ ।
कम्पनीले ६ अर्ब ६० करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । एजेन्सीले उक्त कर्जाका लागि ‘केयर एनपी ए१ प्लस’ रेटिङ पुनः पुष्टि गराएको छ । डाबर नेपाल प्राइभेट लिमिटेड एक निजी लिमिटेड कम्पनी हो । यसले सन् १९९२ देखि आफ्नो व्यापार सञ्चालन सुरु गरेको हो ।
यो भारतको एक अग्रणी बहुराष्ट्रिय डाबर इन्डिया लिमिटेडको सहायक कम्पनी हो । यसले फलफूलको जुसरपेय पदार्थ, च्यवन प्रास, ग्लुकोज, टूथपेस्ट, हेयर आयल, डाइजेस्टिभ ट्याब्लेट ९हजमोला०, मह आदि जस्ता उपभोग्य वस्तुहरुको उत्पादन गर्छ ।

Online Arthik










