आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले सचिव तोयम रायालाई महालेखा परीक्षक नियुक्तिका लागि सिफारिस गरेको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।
महालेखा परीक्षकसहित संवैधानिक पदमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बसेको थियो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका थिए।
पूर्वअर्थसचिव राया हाल राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्। महालेखा परीक्षकमा राया र शिशिर ढुंगानाको चर्चा थियो।

 

तपाईको प्रतिक्रिया