लक्ष्मी क्यापिटल मार्केट लिमिटेड तथा सनराइज क्यापिटल लिमिटेड मर्जर पश्चात् एकिकृत कारोबार गरेको लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ९एलएस क्यापिटल०ले नयाँ बानेश्वर, काठमाण्डौंबाट दिँदै आएको मर्चेन्ट बैंकिङ्ग सम्बन्धि सेवाहरु अब काठमाण्डौं महानगरपालिका वडा नम्बर १, कमलपोखरीस्थितमा रहेको क्यापिटलको कार्यालयबाट उपलब्ध गराउने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै चैत १९ गते सोमबारदेखि कमलपोखरीस्थित क्यापिटलको कार्यालयबाट निक्षेप सदस्य, सेयर रजिष्ट्रार लगायतका मर्चेन्ट बैकिङ्ग सम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध हुने जानकारी दिएको हो ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड तथा सनराइज क्यापिटल लिमिटेड मर्जर ९गाभ्ने–गाभिने० भई गत पुस २३ गतेदेखि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका थिए ।
कम्पनी रजिष्ट्रारबाट स्वीकृती प्राप्त भई एकीकृत कारोबार सम्पन्न भए पश्चात साबिक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाण्डौंबाट तथा साबिक सनराईज क्यापिटल लिमिटेड कमलपोखरी काठमाण्डौबाट निक्षेप सदस्य, सेयर रजिष्ट्रार लगायतका मर्चेन्ट बैकिङ्ग सम्बन्धी कार्य प्रदान हुँदै आइरहेको थियो । अब उप्रान्त भने साबिक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाण्डौंबाट हुँदै आएको मर्चेन्ट बैकिङ्ग सम्बन्धी सेवा पनि कमलपोखरी काठमाण्डौबाट उपलब्ध हुने भएको हो ।