
सगरमाथा लुम्बिनी इन्सुरेन्सले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नका लागि चैत २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
साथै, साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ । यसकारण लाभांश पाउन चैत १२ गतेसम्म सेयरधनी कायम भइसकेको हुनुपर्नेछ ।