सर्वोत्तम सिमेन्ट कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्तावलाई अब आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ । सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया