सानिमा जीआइसी इन्सुरेन्सको चैत २९ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा वार्षिक साधारण सभा बस्ने भएको छ ।
चुक्ता पुँजी २ अर्ब रहेको कम्पनील साधारण सभामा ५० करोड रुवैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दैछ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो । साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । यस इन्सुरेन्सले लाभांश वितरणसम्बन्धी भने कुनै पनि प्रस्ताव पेश गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ । सभामा भाग लिन चैत १४ गतेसम्म सेयरधनी कायम रहेको हुनु पर्नेछ ।

 

तपाईको प्रतिक्रिया