थ्रीस्टार हाइड्रोपावर कम्पनीले २०८१ वैशाख २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

 

तपाईको प्रतिक्रिया