सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट जारी भएका व्यतित बीमालेख चैत २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने जनाएको हो । यसअघि यो सुविधा चैत २५ गतेसम्मका लागि निर्धारण गरिएको थियो ।  बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा आफ्नो मोबाइल बैंकिङ्ग वा अनलाइन वालेटबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तो छुट बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने छ । २०८१ चैत १६ गतेभित्र परिपक्व हुने बीमालेखमा यो छुट नदिइने कम्पनीले जनाएको छ ।

यस्तै पुनर्जागरण भएको एक वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमा शुल्क छुट रकम समर्पण रकममा कटाइने कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया