हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा बस्दैछ । सभा बिहीबार चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । तर यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सेयरधनीको हात खाली हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गरिसकेको छ । चैत १७ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।