
मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको बिहीबार चैत २९ गते वार्षिक साधारण सभा बस्दैछ । सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।
कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भइसकेको छ ।