भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको म्युचुअल फन्डलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि आगामी जेठ ४ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि म्युचुअल फन्डले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीका अनुसार हाल ९५ हजार ६२५ कित्ता सेयर म्युचुअल फन्डहरुको ‘लक इन’ रहेको छ । नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फन्डहरुलाई बिक्री गरेको आइपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो ।
TRENDING :