मानुषी लघुवित्तको ५औं वार्षिक साधारण सभा शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् । सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।
यस संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत ३४ हजार २४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।