प्रभु इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख ६ गते) अन्तिम दिन रहेको हो ।

दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार वैशाख ७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आगामी वैशाख २० गते वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ ।

त्यस्तै सूर्यज्योति लाइफले पनि गत आवका लागि १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । आगामी वैशाख २१ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिनेछ ।

 

तपाईको प्रतिक्रिया