हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ ।

कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।

उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ) जारी गर्ने र सो सार्वजनिक निष्कासनका लागि छ्ट्टाइएको सेयरमध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानूनमा तोकिए तोकिए बमोजिमको प्रतिशतले हुन आउने सेयर सम्बन्धित क्षेत्र तथा समूहलाई सेयर निष्कासन तथा बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

तपाईको प्रतिक्रिया