रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  ४ करोड ७२ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ४६ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो । यसले इम्पेयरमेन्ट चार्ज बढ्दा घाटा व्यहोर्न पुगेको हो । ३ करोड ९४ लाख रहेको उक्त चार्ज अहिले बढेर ६ करोड ५५ लाख पुगेको छ । यता, खुद ब्याज घटेको छ ।

१५ करोड ४९ लाख रहेको खुद ब्याज आम्दानी घटेर १३ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । यस फाइनान्सको निष्क्रिय कर्जा दर ४.२६ प्रतिशत विन्दुबाट बढेर ८.४८ प्रतिशत पुगेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब १२ करोड १४ लाख ५२ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २९ करोड ३७ लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी ५.६२ रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर नेटवर्थ भने ९८.३७ रुपैयाँ छ ।

 

तपाईको प्रतिक्रिया