मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १९६.९१ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दनी बढेसँगै नाफामा सुधार आएको हो । ३ करोड २ लाख रहेको खुद ब्याज आम्दानी बढेर ६ करोड २० लाख रुपैयाँ कायम भएको छ । यस फाइनान्सको इम्पेयरमेन्ट चार्ज भने बढेको छ । फाइनान्सको निष्क्रिय कर्जा दर १.१३ प्रतिशत विन्दुबाट बढेर ३.४४ प्रतिशत पुगेको छ ।
हाल मल्टीपर्पसको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ६ करोड २० लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी ३.४८ रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ११३.७७ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया