चिरख्वा हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार यस कम्पनी पुस मसान्तसम्म ८ लाख ७९ हजार रुपैयाँ नोक्सानमा छ । असोज मसान्तसम्म यस कम्पनीले ५ लाख ५६ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । रिटेड अर्निङ ३९ लाख ८८ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी २२ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ छ ।

 

तपाईको प्रतिक्रिया