नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ । कम्पनीले २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जना भन्दा बढि वरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा उक्त क्षेत्रको भ्रमण गराएको हो ।

भ्रमण कार्यक्रममा सहभागि भएका वरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरुबीच चिनजान हुनुका साथै एक आपसको अन्र्तक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

३ रात ४ दिन सम्म संचालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागि अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएका थिए ।

तपाईको प्रतिक्रिया