नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको चैत १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम २२ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।
उक्त सभा चितवनमा टाँडीमा रहेको होटल स्टार चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांशको अजेण्डा पेश हुने छैन ।
सभामा बैंकको केन्द्रीय कार्यालय(रजिष्टर्ड कार्यालय)को ठेगाना परिवर्तन गर्ने,अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने,सञ्चालक समिति वा सञ्चालक समितिले तोकेका व्यक्तिलाई अख्तियारी दिन स्वीकृती दिने,सञ्चालकहरुको मनोनयन/निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी नियकाबाट निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै,आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापक कम्पनी र गोबर ग्यास कम्पनीको आव २०७९/८० को वित्तीय विवरणसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरिनेछ ।
सभामा आव २०८०/८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तीको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकलाई बैंकको लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।