आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि बम्पर लाभांश घोषणा गरेको छ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको वैशाख १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल ३४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँबराबरको बोनस शेयर र ९.५ प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

यो बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ। जुन बीमा प्राधिकरणको जीवन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्तापुँजी हो।

 

 

तपाईको प्रतिक्रिया