सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअुसार कम्पनी १ करोड ९९ लाख रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो आवको तुलनामा १३१.८८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा ८५ लाख ९१ हजार रुपैयाँमा सीमित थियो ।
यस्तै कम्पनीको खुद आम्दानीमा पनि ६ प्रतिशतको गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म १८ करोड २ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १९ करोड १७ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।
कम्पनीको वित्त खर्च १३ करोड ३६ लाख र प्रशासनिक र अन्य सञ्चालन खर्च ८९ लाख ९८ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार ४८.८८ प्रतिशतले घटेर ४ करोड ४१ लाख रुपैयाँमा सीमित बनेको छ ।
त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ९ करोड १६ लाख र कुल चालु दायित्व ६ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०८.८४ रुपैयाँ,मूल्य आम्दानी अनुपात १९६.०९ रुपैयाँ ऋणात्मक र तरलता अनुपात १.४४ प्रतिशत कायम भएको छ ।