सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु. एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ को आजबाट बिक्री खुला गरेको छ । आजदेखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिने सकिन्छ । उक्त बचतपत्रकाे निष्काशन भने जेठ २९ गते हुनेछ ।

बचतपत्र वैदेशिक रोजगारीमा सङ्लग्न नेपाली नागरिक वा निजको परिवारको सदस्य तथा गैर –आवासीय नेपालीले बचतपत्र खरिद गर्न सक्नेछन् । वार्षिक नौ प्रतिशत ब्याजदर रहने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरी ऋणपत्र ल्याइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। घटीमा रु. १० हजार र बढीमा रु. १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र खरिद गर्न सकिनेछ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिनेछ । जुनसुकै समयमा दोस्रो बजारमार्फत खरिदबिक्री गर्न मिल्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया