डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २७ करोड ७५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले ९७ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.०५ प्रतिशतले धेरै हो ।
संस्थाको खुद सञ्चालन आम्दानी ०.८६ प्रतिशतले घटेर ९९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ४६ करोड ९२ लाख ऋणात्मक र अन्य सञ्चालन खर्च १४ करोड २३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
संस्थाको रिटेन्ड अर्निङ ३७ करोड ९६ लाख , र रिजर्भको आकार १ अर्ब २६ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाको रिजर्भको आकार १ अर्ब १८ करोड रुपैयाँमा सीमित थियो । संस्थाको चुक्तापूँजी १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ रहेको छ ।