कालिका पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको खुद विद्युत बिक्री आम्दानी ५.९० प्रतिशतले बढ्दै १४ करोड ५० हजार रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म ५ लाख ८१ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ९० लाख ८९ हजार रुपैयाँ र वित्त खर्च १ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी ७९ करोड ३५ लाख रुपैयाँ रहेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म रिटेन्ड अर्निङ कोषमा ८ करोड २५ लाख रुपैयाँ र बोनस सेयरका लागि ७ करोड ९३ लाख रुपैयाँ छुट्टाएको छ ।

यस्तै समीक्षा अवधिसम्म कम्पनीले १९ करोड २७ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति १० करोड ६८ लाख र कुल चालु दायित्व १ करोड १० लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.९४ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०९.४६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३२.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.८७ गुणा कायम छ ।

 

तपाईको प्रतिक्रिया