माथिल्लो मैलुङ खोला जलविद्यत लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड १७ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १४२.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी १ करोड ३० लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फ ४ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले निर्माणमार्फत ३४ करोड ९१ लाख र २३ लाख ५६ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको वित्त आम्दानी ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड १९ लाख ,पनर्माण खर्च ३४ करोड ९१ लाख,पावर प्लान्ट सञ्चालन खर्च १ करोड ३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ८ करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अन्य रिजर्भमा ४ लाख २८ हजार रुपैयाँ सञ्चित छ । तेस्रोे त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति १० करोड १४ लाख र कुल चालु दायित्व ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.८८ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९१.९५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१० रुपैयाँ र तरलता अनुपात ०.२७ प्रतिशत कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया