इमर्जिङ नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ८.६४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा १ करोड ६६ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म कम्पनीले १ करोड ५९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.७१ प्रतिशतले बढी हो ।
त्यस्ते कम्पनीले यो अवधिसम्म अन्य स्रोतबाट ९४ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीको प्रशासनिक खर्च २० लाख ७५ हजार रुपैयाँ र कर्मचारी खर्च २५ लाख ७९ हजार रुपैयाँले ऋणात्मक छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भ घटेको छ । अघिल्लो आवसम्म ५ करोड ५१ लाख रुपैयाँ रहेको रिजर्भ घटेर ४ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.६५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०७.२४ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०८.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात २२५.५३ गुणा कायम भएको छ