प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रभु बैंकको स्वामित्वमा रहेको कम्पनीको २१ लाख ९६ हजार कित्ता,विराट कुमार श्रेष्ठको स्वामित्वमा रहेको १ लाख ४१ हजार ३२५ कित्ता,विनिता उपाध्यायको स्वामित्वमा रहेको १ लाख कित्ता,यादवेन्द्र गौतमको स्वामित्वमा रहेको १ लाख ९ हजार ८ सय कित्ता र प्रजित राज पराजुलीको स्वामित्वमा रहेको ३७ हजार ५ सय कित्ता गरी कुल २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीहरुले सूचना पैकाशित भएको ३५ दिनभित्र कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा कानून बमोजिम अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया