लक्ष्मी सनराइज बैंकको ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८०’नामक ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज डिबेञ्चरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ ।

उक्त ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम जेठ १ गतेदेखि डिबेञ्चरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिएको बैंकले जनाएको छ । यम लगानीकर्ताको बैंक खातामा जम्मा गरिएको हो ।

हालसम्म बैंक खाता तथा प्यान नम्बर अद्यावधिक नगराएका लगानीकर्तालाई अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया