
ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले आगामी जेठ १९ गते शनिबारका लागि सभा आह्वान गरेको हो ।
ठमेलस्थित कम्पनीको सभाकक्षमा बिहान १० बजेदेखि सभा शुरु हुने कम्पनीले जनाएको छ। कम्पनीको साधारणसभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ। सभामा हकप्रद शेयर गर्ने प्रस्तावमा पनि छलफल हुने छ ।